नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य समायोजन « Arthapath.com
८ असार २०८२, आईतबार

नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बुधबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको हो ।

कम्पनीको आज सेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम सेयरमूल्य ७ सय ८० रुपैयाँका आधारमा नेप्सेमा ४.७५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७ सय ४४ रुपैयाँ ६३ पैसा कायम रहेको छ । अब कम्पनीको सेयर बिहीबार ( असार ७ गते)देखि दोस्रो बजारमा कारोबार आउनेछ ।


प्रतिक्रिया दिनुहोस्