बिहीबार छ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.७५ अंकले बढेर २०५५.५३ को बिन्दुमा बजार बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७६ कम्पनीको ८० लाख ८ हजार २४६ कित्ता किनबेच हुदाँ ३ अर्व ४४ करोड ४८ लाख ६२ हजार ५०१ रुपैयाँको कारोबार भएको छ ।
आज ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । बिहीबार तारागाउँ रेजेन्सी, ओरियन्टल होटल्स, कालिन्चोक दर्शन, बिपिडब्लु लघुवित्त वित्तीय संस्था, सिटि होटल र हिमालयन लाइफ इन्स्योरेन्सको सेयरमा सकरात्मक सर्किट लागेको हो ।
साथै, सोल्टी होटलको ९.०७ प्रतिशत, एनएलजि इन्स्योरेन्स कम्पनीको ६.३६ प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्सेट फण्डको ६.२५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
