सोमबार चार कम्पनीको सेयरमा सर्किट, कुनले कति कमाए ?

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६९ अंकले बढेर २१२९.४२ को बिन्दुमा बजार बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७७ कम्पनीको १ करोड १९ लाख ३ ह्जार ६८७ कित्ता किनबेच हुदाँ ५ अर्व ३१ करोड ३४ लाख २२ हजार ८७ रुपैयाँको कारोबार भएको छ ।
आज ४ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । सोमबार हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, बिपिडब्लु लघुवित्त वित्तीय संस्था, सिटी होटल, सिभिल लघुवित्त वित्तीय संस्थाको सेयरमा सकरात्मक सर्किट लागेको हो ।
साथै, माउन्टेन इनर्जि नेपालको ९.७६ प्रतिशत, आशा लघुवित्त वित्तीय संस्थाको ४.४७ प्रतिशत, मिथिला लघुवित्त वित्तीय संस्थाको ४.४६ प्रतिशतले सेयर मूल्य बढेको छ ।
