३६ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५६.९४ अंकले बढेर २१८६.३६ को बिन्दुमा बजार बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७५ कम्पनीको १ करोड ३१ लाख ७ हजार ८० कित्ता किनबेच हुदाँ ५ अर्व ४७ करोड ६२ लाख ८७ हजार ७४० रुपैयाँको कारोबार भएको छ ।
मंगलबार सेयर बजारमा उछाल आएता पनि ३६ कम्पनीको लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । सिक्लेस हाइड्रोपावरको ३.८८ प्रतिशत, गरीमा डिभेञ्चर,२०८५ को ३.०८ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको २.४९ प्रतिशतले सेयर मूल्य घटेको छ ।
