सोमबार तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.३२ अंकले घटेर २०७५.९७ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७६ कम्पनीको ९४ लाख १८ हजार ९५२कित्ता सेयर किनबेच हुदाँ आज ४ अर्ब ५ करोड १० लाख ७८ हजार ३७५ रुपैयाँको कारोबार भएको छ ।
आज तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ। सोमबार सिवाईसी नेपाल लघुवित्त, बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड, सिटि होटलको सेयरमा सकरात्मक सर्किट लागेको हो ।
साथैं, चन्द्रागिरी हिल्सको ३.६८ प्रतिशत, एनएलजि इन्स्योरेन्सको २.८१ प्रतिशत, गरिमा विकास लघुवित्त वित्तीय संस्थाको २.१८ प्रतिशतले सेयर मूल्य बढेको छ ।
