दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ? « Arthapath.com
७ असार २०८२, शनिबार

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?



काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.०६ अंकले घटेर २०४९.३८ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७७ कम्पनीको ९७ लाख ५१ हजार ९८५ कित्ता सेयर किनबेच हुदाँ आज ३ अर्ब ७ करोड ७४ लाख ९८ हजार ३१५ रुपैयाँको कारोबार भएको छ ।

आज दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । बुधबार सिटि होटल, रावा इनर्जिको सेयरमा सकरात्मक सर्किट लागेको हो ।

साथैं, उपर तामाकोसी हाइड्रोपावरको ९.८५ प्रतिशत, जोशी हाइड्रोपावरको ९.३३ प्रतिशत, पिपुल्स् पावरको ७.६३ प्रतिशत, समलिङ्गी पावर कम्पनीको ५.३० प्रतिशत, नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको ५.३० प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्