रावा इनर्जिको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ? « Arthapath.com
७ असार २०८२, शनिबार

रावा इनर्जिको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?



काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.८० अंकले घटेर २०७६.९६ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २९३ कम्पनीको १ करोड ११ लाख ८२ हजार ३३५ कित्ता सेयर किनबेच हुदाँ आज ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार ५८५रुपैयाँको कारोबार भएको छ ।

आज एक कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । सोमबार रावा इनर्जि डेभलपमेन्ट लिमिटेडको सेयरमा सकरात्मक सर्किट लागेको हो । कम्पनीको सेयर ३३ रुपैयाँ १० पैसाले बढेर प्रतिकित्ता ३६४ रुपैयाँ ८० पैसा पुगेको छ ।

साथै, गुहेश्वरी मर्चेण्ट बैंकिङ् एण्ड फाइनान्सको ७.२३ प्रतिशत, स्वेत गंगा हाइड्रोपावरको ६.७९ प्रतिशत, अरुण काबेली पावर लिमिटेडको ६.५४ प्रतिशत, नेपाल फाइनान्सको ६.३६ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्