१३६ कम्पनीको सेयर मूल्य घट्यो « Arthapath.com
७ असार २०८२, शनिबार

१३६ कम्पनीको सेयर मूल्य घट्यो



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.८० अंकले घटेर २०७६.९६ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २९३ कम्पनीको १ करोड ११ लाख ८२ हजार ३३५ कित्ता सेयर किनबेच हुदाँ आज ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार ५८५रुपैयाँको कारोबार भएको छ ।

सोमबार हिमालयन हाइड्रोपावर कम्पनीको लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर ६.३४ प्रतिशत अथवा प्रतिकित्ता १८ रुपैयाँले घटेर २६६ रुपैयाँ पुगेको छ ।

साथै, सिटि होटलको ६.२६ प्रतिशत, सिद्धार्थ इक्विटी फण्डको ५.८० प्रतिशत सहित १३६ कम्पनीको सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्