१७४ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.६२ अंकले बढेर २०८४.९३ बिन्दुमा बन्द भएको छ । बिहीबार ३ अर्ब ३९ करोड ६ लाख ६० हजार ६०५ रुपैयाँको कारेबार भएको छ ।
आज पिपुल्स हमइड्रोपावर कम्पनीको लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर ६.०५ प्रतिशत अथवा प्रतिकित्ता २० रुपैयाँ ५० पैसाले घटेर प्रतिकित्ता ३१८ रुपैयाँ ५० पैसा भएको छ ।
साथै, हिमालयन पावर पार्टनरको ५.८३ प्रतिशत, बुद्ध भुमि नेपाल हाइड्रोपावरको ५.८३ प्रतिशत, मनकामना स्र्मट लघुवित्तको ५.५६ प्रतिशत, रिडी पावर कम्पनीको ५.५३ प्रतिशतले सेयर मूल्य घटेको छ ।
