दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयरमा उछाल आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.०७ अंकले बढेर २१४४.१६ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५७ कम्पनीको ७६ लाख ३४ हजार १९० कित्ता सेयर किनबेच हुँदा आज २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँको कारेबार भएको छ ।
आज दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । सोमबार बिपिडब्लु लघुवित्त वित्तिय संस्था, युनाइटेड अजोड इन्स्योरेन्सको सेयरमा सकरात्मक सर्किट लागेको हो ।
साथै, अभियान लघुवित्तको ९.८७ प्रतिशत, श्रीजनशील लघुवित्तको ७.८० प्रतिशत, मल्टीपस फइनान्सको ७.३२ प्रतिशत,सिअईसी नेपाल लघुवित्तको ७.०९ प्रतिशतले सेयर मूल्य बढेको छ ।
