एनआईबिएल ग्रोथ फण्डको सेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६१.८८ अंकले बढेर २२२५.८० बिन्दुमा बन्द भएको छ । आइतबार ४ अर्ब ३० करोड ४४ लाख ५१ हजार ५२२ रुपैयाँको कारेबार भएको छ ।
आज एक कम्नीको सेयरमा नकरात्मक सर्किट लागेको छ । एनआईबिएल ग्रोथ फण्डको सेयरमा नकरात्क सर्किट लागेको हो । कम्पनीको सेयर १० प्रतिशत अथवा प्रतिकित्ता १ रुपैयाँ ५ पैसाले घटेर प्रतिकित्ता ९ रुपैयाँ ३८ पैसा कायम रहेको छ ।
साथै, नेपाल बैंक डिबेञ्चर २०८७ को ५.८६ प्रतिशत, बिपिडब्लु लघुबित्तको ४.६८ प्रतिशत, सिटिजन्स म्युचुअल फण्डको ३.९६ प्रतिशतले सेयर मूल्य घटेको छ ।
