किसान लघुवित्तको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.६६ अंकले घटेर २२००.५० बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६५ कम्पनीको २ करोड ९ लाख ७९ हजार ८८७ कित्ता सेयर किनबेच हुँदा आज ४ अर्ब ७३ करोड ७६ लाख ८ हजार ८१० रुपैयाँको कारेबार भएको छ ।
आज एक कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । सोमबार किसान लघुवित्त वित्तीय संस्थाको सेयरमा सकरात्मक सर्किट लागेकोहो । कम्पनीको सेयर प्रतिकित्ता ७९ रुपैयाँ २० पैसाले बढेर प्रतिकित्ता ८७१ रुपैयाँ २० पैसा कायम रहेको छ ।
साथै, नेपाल पुर्नबीमा कम्पनीको ५.९६ प्रतिशत, बलेफी हाइड्रोपावरको ४.१० प्रतिशत, बिपिडब्लु लघुवित्तको ३.६६ प्रतिशत, ग्लोबल आइएमई बैंकको ३.६३ प्रतिशतले सेयर मूल्य बढेको हो ।
