१८७ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.६६ अंकले घटेर २२००.५० बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६५ कम्पनीको २ करोड ९ लाख ७९ हजार ८८७ कित्ता सेयर किनबेच हुँदा आज ४ अर्ब ७३ करोड ७६ लाख ८ हजार ८१० रुपैयाँको कारेबार भएको छ ।
सोमबार एनआईबिएल ग्रोथ फण्डको इकाइधनीकरुले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर ६.९३ प्रतिशत अथवा प्रतिकित्ता ०.६५ पेसाले घटेर प्रतिकित्ता ८ रुपैयाँ ७३ पैसा कायम रहेको छ ।
साथै, लिर्वटी इनर्जि कम्पनीको ६.२५ प्रतिशत, बिशाल बजार कम्पनीको ५.३३ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ५.१० प्रतिशत सहित १८७ कम्पनीको सेयर मूल्य घटेको छ ।
