नेप्सेमा रिपब्लिक मिडियाको आइपीओ सूचीकृत, आइतबारदेखि कारोबारमा आउने « Arthapath.com
६ असार २०८२, शुक्रबार

नेप्सेमा रिपब्लिक मिडियाको आइपीओ सूचीकृत, आइतबारदेखि कारोबारमा आउने



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक कम्पनीकिो आइपीओ सूचीकृत भएको छ । बिहीबार रिपब्लिक मिडियाको आइपीओ नेप्सेमा सूचिकृत भएको हो ।

कम्पनीले सर्वसाधारण लगानीककर्ता सेयरधनीहरुमा वैदेशिक रोजजगारीमा रहेका नेपाली, सामूहीक लागानी कोष र कर्मचारीहरुलाई समेत ४३ लाख ५३ हजार कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ५३ लाख २२ हजार सेयर ( धितोपत्र) समेत गरी जम्मा ९६ लाख ७५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो ।

आइपीओको ओपन रेञ्ज ८४ रुपैयाँ ४७ पैसादेखि २५३ रुपैयाँँ ४१ पैसा रहेको छ । साथै, नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आइतबारदेखि देस्रो बजारमा कारोबार आउनेछ । कम्पनीको बिक्री प्रबन्धक मेगा क्यििपटल मार्केट्स लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्