एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ? « Arthapath.com
५ असार २०८२, बिहीबार

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?



काठमाडौं । साताको अन्तिम कारोबारको दिन बजार ८.०१ अंकले बढेर २०३३.१३ बिन्दुमा बन्द भएको छ ।

आज २७१ कम्पनीको ४० लाख ९ हजार २६३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५४ करोड १३ लाख ६७ हजार ३९८ रुपैयाँको कारोबार भएको हो ।

बिहीबार एक कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको सेयरमा सर्किट लागेको हो । कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।

साथै, लिक्वीटी इनर्जि कम्पनीको ९.७४ प्रतिशत, अप्पर स्याङ्गे हाइड्रोपावरको ६.१७ प्रतिशत, सगरमाथा जलविद्युत कम्पनीको ५.७७ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्