एक कम्पनीको सेयरमा सर्किट, कुन कम्पनीका लगानीकर्ता कमाए-गुमाए ?

काठमाडौं । साताको सुरुवात मै बजार राताम्य भएको छ । गत साता राताम्य भएरै बन्द भएको बजार यो साता पनि सोहि निरन्तरता पाएको हो ।
बजार २०.५४ अकंले घट्दा कारोबार खुम्चिदैं १ अर्ब २६ करोड २७ लाख ६७ हजार रुपयाँमा पुगेको छ । कारोबार केहि दिन यता निरन्तर ओरालो लागि रहेको छ ।
आज कुथेली बुखेरी स्माल हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर प्रतिकित्ता ७० रुपैयाँ १० पैसाले बढेर ७७१ रुपैयाँ २० पैसा पुगेको छ । साथै, स्वाभिमान लघुवित्तको ६ प्रतिशत, सिटिजन म्युचुअल फण्ड २को ५.८८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, आज मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर ९.६३ प्रतिशत, लिबिट्री इनर्जीको ६.३० प्रतिशतले सेयर मूल्य घटेको छ ।
