२७ कम्पनीको सेयर मूल्य मात्र बढ्यो, कुनको कति ?

काठमाडौं । बजार फेरी ओरालो लागेको छ । गत साताको अन्तिम कारोबारको दिन सुधार भएको बजार फेरी यो साताको पहिलो दिन नै राताम्य हुन पुगेको हो ।
बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता निराश बनेका छन् । लाभांश सिजनमा समेत बजारमा उत्साह आउन सकेको छैन । आज २७ कम्पनीको सेयर मूल्य मात्र वृद्धि भएको छ ।
बजार आज ४२.१४ अकंले घटेर १९६४.९१ बिन्दुमा बन्द भएको छ । आइतबार २७८ कम्पनीको ५६ लाख ५९ हजार ४५८ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब २ करोड ८४ लाख ६५ हजार रुपैयाँको कारोबार भएको छ ।
आइतबार शुभम पावरको सेयरमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर प्रतिकित्ता ८९ रुपैयाँ ६० पैसाले बढेर ९८५ रुपैयाँ ६० पैसा पुगेको छ ।
त्यस्तै, थ्री स्टार हाइड्रोपावरको ७.८९ प्रतिशत, बुद्धभुमि नेपाल हाइड्रोपावरको ५.४४ प्रतिशत र युनिक नेपाल लघुवित्तको ५.४४ प्रतिशतले सेयर मूल्य बढेको छ ।


