नेप्से सूचकाङ्क २०३३.१ कायम, सूचीकृत कम्पनीहरूमध्ये कुनको हिस्सा कति ?

काठमाडौं । २०७९ साउन मसान्तमा २०४१.१ रहेको नेप्से सूचकाङ्क २०८० साउन मसान्तमा २०३३.१ कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विवरणअनुसार यस्तो देखाएको हो ।
साउन मसान्तमा धितोपत्र बजार पूँजीकरण ३० खर्ब ४३ अर्ब १ करोड कायम भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २५४ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ८१ जलविद्युत् कम्पनी, २० उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ६ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन्। २०७९ साउनमा सूचीकृत कम्पनीहरूको संख्या २३५ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६३.४ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १२.५ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ं.९ प्रतिशत, होटेलको हिस्सा ३.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.३ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८०÷८१ को एक महिनामा रु.१० अर्ब ४० करोड बराबरको साधारण शेयर र रु.८० करोड ३२ लाख बराबरको बोनस शेयर गरी कुल रु.११ अर्ब २१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।