धितोपत्र बोर्डले निबन्ध प्रतियोगिता गर्दै, प्रथमलाई ६५हजार पुरस्कार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले असोज १५ गतेदेखि निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ । विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा बोर्डले असोज १५ गतेदेखि २१ गतेसम्म निबन्ध प्रतियोगिता गर्ने भएको हो ।
उक्र प्रतियोगिताका लागि विभिन्न विश्वविद्यालय तथा सो अन्तर्गतका क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत इच्छुक विद्यार्थीहरुले सहभागिता हुन सक्नेछन् । जसका लागि ‘परिवर्तित आर्थिक अवस्थाहरुमा लगानीकर्ताको लचिलोपन’ शीर्षक दिईएको छ ।
निबन्ध कम्तिमा २ हजार शब्द हुनुपर्ने जनाएको छ । प्रतियोगितामा प्रथमले ६५ हजार र दोस्रो हुनेले ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
यस्ता छन् सर्तहरु
