११ कम्पनीको सेयरमा सर्किट, कुनले कति कमाए ?

काठमाडौं । बिहिबार बजार उच्च अकंले बढेको छ । योसँगै बजार आज तीन दिन हरियाली आएको हो ।
बजार ४४.३४ अकंले बढेर २०२९.७८ बिन्दुमा बन्द भएको छ । आज २७८ कम्पनीको १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब २९ करोड ३९ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ ।
बिहिबार ११ कम्पनीको सेयर सर्किट लागेको छ । आज नेशनल हाइड्रोपावर, दिब्यश्वरी हाइड्रोपावर, स्वाभिमान लघुवित्त, हिमाल दोलाखा हाइड्रोपावर, मन्दाकीनि हाइड्रोपावर, थ्री स्टार हाइड्रोपापर सहित ११ कम्पनीको सेयरमा सर्किट लागेको छ ।

