तीन कम्पनीको सेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । आइतबार बजार ओरालो लागेको छ । यसअघिका तीन कारोबारको दिन सुधार आएको बजार आज दोहोरो अकंले घटेको हो ।
बजार आज १९.४२ अकंले घटेर २०१०.३५ बिन्दुमा बन्द भएको छ । आज २८५ कम्पनीको ९० लाख ३ हजार ९४१ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ ।
आज तीन कम्पनीको सेयर सकारात्मक सर्किट लागेको छ । आइतबार स्वरोजगारी लघुवित्त, हिमालयन लघुवित्त र एशियन हाइड्रोपावरको सेयरमा सर्किट लागेको हो ।
साथै, थ्रीस्टार हाइड्रोपावरको ९.७३ प्रतिशत र अपर स्याङ्गे हाइड्रोपावरको ४.७३ प्रतिशतले सेयर मूल्य बढेको छ ।
