६ कम्पनीको सेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साताको दोस्रो कारोबारको दिन समेत सेयर बजार ओरालो लागेकोछ । बजार आज ५.८९ अकंले घटेर २००४.४५ बिन्दुमा बन्द भएको छ ।
सोमबार २८४ कम्पनीको ६५ लाख १६ हजार ६ कित्ता सेयर किनबेच हुदाँ कारोबार १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ ।
आज ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सोमबार माइ खोला हाइड्रोपावर, एशियन हाइड्रोपावर, मन्दाकीनि हाइड्रोपारसहित ६ कम्पनीको सेयरमा सर्किट लागेको छ ।
