लुम्बिनी विकास बैंकको दुई लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको दुई लाख ६३९ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त इच्छुक सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असोज ११ गते) ले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
साथै,तोकिएको अवधिभित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेका खण्डमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।