लगाानीकर्ताको गुनासो सम्बोधनका लागि बोर्डले ल्यायो ‘च्याटबोट’ सेवा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले च्याटबोटको सुरुवात गरेको छ । वर्ल्ड इन्भेटर विक–२०२३का अवसरमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.प्रकाश शरण महतले उद्धाटन गरेका हुन् ।
लगानीकर्ताका गुनासा सुनुवाइ गर्नका लागि बोर्डले आफ्नो वेबसाइटमा च्याटबोट सेवाको सुरुआत गरेको हो । बोर्डका अध्यक्ष रमेशकुमार हमालले अब लगानीकर्ताहरुले आफ्ना गुनासा र जिज्ञासा च्याटबोटमार्फत राख्न सकिनेछ बताए ।
यस मार्फत प्राप्त गुनासा र जिज्ञासा छिटोभन्दा छिटो सुनुवाइ हुने हमालको भनाइ रहेको थियो ।