दुई कम्पनीको सेयरमा सर्किट, अन्य कुनले कति कमाए ? « Arthapath.com
४ असार २०८२, बुधबार

दुई कम्पनीको सेयरमा सर्किट, अन्य कुनले कति कमाए ?



काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सेयर बजारमा सामान्य सुधार आएको छ । बजारमा झिनो सुधार आएसँगै आज ११ उपसूचकमा हरियाली आएको हो ।

बजार आज ५.१९ अकंले बढेर १९७६.२९ बिन्दुमा बन्द भएको छ । सोमबार २८६ कम्पनीको ५७ लाख ७६ हजार ८९६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७३ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ ।

सोमबार २ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज सिवाईसि नेपाल लघुवित्त र सयपत्रि हाइड्रोपावरको सेयरमा सर्किट लागेको हो ।

साथै, इन्फिनिटी लघुवित्तको ९.६६ प्रतिशत, सामुदायिक लघुवित्तको ९.४९ प्रतिशत र हिमालयन उर्जाको ७.१७ प्रतिशतले सेयर मूल्य बढेको हो ।


प्रतिक्रिया दिनुहोस्