सिटिजन लाइफको १ लाख २५ हजार कित्ता सेयर किनबेच, मूल्य कति ?

काठमाडौँ । सेयर बजार फेरी राताम्य भएको छ । अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको हो ।
बजार दोहोरो अकंले ओरालो लाग्दा कारोबार समेत १ अर्ब १९ करोडमा सिमित भएको छ । आज सिटिजन लाइफको सेयर सर्वाधिक खरिद बिक्री भएको छ ।
आज कम्पनीको १ लाख २५ हजार ४५१ कित्ता सेयर किनबेच हुंदा ५ करोड ५९ लाख ७० हजार रुपैयाँको कारोबार भएको छ ।
कम्पनीको सेयर मूल्य पनि ४ रुपैयाँ ९० पैसाले घटेर ४४६ रुपैयाँ पुगेको छ ।