दुई कम्पनीको सेयरमा सर्किट, अन्य कुनले कति कमाए ? « Arthapath.com
४ असार २०८२, बुधबार

दुई कम्पनीको सेयरमा सर्किट, अन्य कुनले कति कमाए ?



काठमाडौँ । बुधबार सेयर बजार एकल अंकले बढेको छ । बजार सुधार आउदा लगानीकर्तामा उत्साह आएको छ ।

आज २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । बजार आज ९.२४ अकंले बढेर १९६७.९७ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २८४ कम्पनीको ४३ लाख २३ हजार २१ कित्ता सेयर किनबेच हुंदा १ अर्ब १८ करोड ९९ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार मध्य भोटेकोशी जलविद्युत र बुद्धभुमि नेपाल हाइड्रोपावरको सेयरमा सकरत्मक सर्किट लागेको छ । साथै, इन्फिनिटी लघुवित्तको ९.८५ प्रतिशत, सिवाइसी नेपाल लघुवित्तको ७.६२ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्