बुधबार ७४ कम्पनीको सेयर मूल्य घट्यो « Arthapath.com
४ असार २०८२, बुधबार

बुधबार ७४ कम्पनीको सेयर मूल्य घट्यो



काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजारमा सुधार आएको छ । बजार सुधार आएसँगै अधिकांश कम्पनीको सेयर मूल्य बढेको हो ।

बजार आज ९.२४ अकंले बढ्दा १ अर्ब १८ करोड ९९ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ । ७४ कम्पनीको सेयर मूल्य भने आज ओरालो लागेको छ ।

आज समता घरेलु लघुवित्तको ६.६१ प्रतिशत, हिमालयन लघुवित्तको ४.५५ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको ३.८७ प्रतिशत, आशा लघुवित्तको ३.८४ प्रतिशतले सेयर मूल्य ओरालो लागेको छ।


प्रतिक्रिया दिनुहोस्