नेप्सेले भन्यो,‘सेयर बजार विश्लेषकको मान्यता कसैलाई दिइएको छैन, यथार्थ बुझेर लगानी गर्नुहोस्’ « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

नेप्सेले भन्यो,‘सेयर बजार विश्लेषकको मान्यता कसैलाई दिइएको छैन, यथार्थ बुझेर लगानी गर्नुहोस्’



काठमाडौं । नेपाल हालसम्म कुनै पनि निकायबाट कसैलाई पनि बजार विश्लेकषको मान्यता नदिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।

सोमबार दिउँसो एक सूचना प्रकाशन गर्दै हालसम्म कसैलाई पनि बजार विश्लेषकको मान्यता नदिएको नेप्सेले जानकारी गराएको हो ।

‘नेपालमा हालसम्म कुनैपनि निकायबाट कसैलाई पनि बजार विश्लेषकको रूपमा दर्ता गर्ने वा मान्यता प्रदान गर्ने गरिएको छैन’ नेप्सेले जारी गरेको सूचनामा भनिएको छ ।

सामाजिक सञ्जाल वा आम सञ्चारका माध्यममा त्यस्ता विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई मात्र आधार नबनाई यथार्थ बुझेर मात्रै लगानी गर्न सुझाव दिएको छ । फेसबुक, ट्विटर, क्लब हाउस लगायतका सामाजिक सञ्जाल वा आम सञ्चारका माध्यममा त्यस्ता विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई मात्र आधार बनाई लगानी गर्दा जोखिममा पार्ने नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्