सानिमा रिलायन्स लाइफ र साहस उर्जा सेयर समायोजन, अब कुनको कति ? « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

सानिमा रिलायन्स लाइफ र साहस उर्जा सेयर समायोजन, अब कुनको कति ?



काठमाडौं । दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सानिमा रिलायन्स लाइफ र साहस उर्जा लिमिटेडको बोनस सेयर समायोजन भएको हो ।

सानिमा रिलायन्स लाइफको १८.३८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । योसँगै कम्पनीको सेयर भाउ ४७२ रुपैयाँ ६३ पैसा कायम भएको छ । कम्पनीको बिहीबार अन्तिम कारोबार मूल्य ५५९.५० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो ।

यस्तै, साहस उर्जाको ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजन पश्चात यसको भाउ ४७९.१७ रुपैयाँ कायम भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ५१७ रुपैयाँ ५० पैसा रहेको छ । यसलाई नै आधार मानेर मूल्य समायोजन भएको हो ।


प्रतिक्रिया दिनुहोस्