लगातार दुई दिनको गिरावटपछि सेयर बजारमा हरियाली, कारोबार रकम पनि बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । दुई दिन लगातार घटेको बजार बिहीबार भने १३.९५ अंकले वृद्धि भएको हो ।
बुधवार पनि १४.१२ अंकले घटेको थियो । आज बजार परिसूचक २ हजार ७४८.७८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज बैंकिङ्ग समूह ६.७८ अंक, विकास बैंक ६७.४९, होटेल तथा पर्यटन ६४.२९, जलविद्युत ४७.३७, माइक्रोफाइनान्स ३९.८४ र म्युचुल फन्ड ०.०३ अंक बढेको छ। यी बाहेकका अन्य समूहहरु भने राताम्य बनेका छन् ।
बजारसँगै कारोबार रकममा पनि बढोत्तरी देखिएको छ । आज एकैदिन १० अर्ब ३२ करोड ३ लाख ३१ हजार रुपैयाँ बराबरको २ करोड १६ लाख ६० हजार ६३९ कित्ता सेयर किनबेच भएको छ ।
आज दुई कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ ।आज जानकी फाइनान्सको ३५ करोड २४ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावरको ३१ करोड ६ लाख ८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
यस्तै, समृद्धि फाइनान्सको २७ करोड ५८ लाख, नेपाल फाइनान्सको २१ करोड ६३ लाख ५५ हजार रुपैयाँ बराबरको सेयर किनेबच भएको छ।
