थप तीन कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कसको कति कित्ता ? « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

थप तीन कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कसको कति कित्ता ?



काठमाडौं । थप तीन कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

यो साता नेप्सेमा समाज लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र नेपाल ल्युब आयलको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार समाज लघुवित्तको १४.२५ प्रतिशत बापतको २८ हजार ५०० कित्ता, कर्पोरेट डेभलपमेन्टको ५ प्रतिशत बापतको २ लाख ५० हजार कित्ता र नेपाल ल्युब आयलको १ लाख २२ हजार ४० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

उक्त बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्