सेयर बजारमा सामान्य सुधार, कारोबार रकम साढे ११ अर्ब माथि

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य बढेको छ । आइतबार बजार २.१० अंकले बढेको हो । उक्त दिन बजार परिसूचक २ हजार ७५०.८८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
अघिल्लो दिन अर्थात् गत बिहीबार भने बजार १३.९५ अंकले बढेको थियो ।
आज बैंकिङ, फाइनान्स, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा समूह घटेका छन् । यी बाहेकका विकास बैंक समूह ३४.८२ अंक, होटल तथा पर्यटन १५३.१५ अंक, जलविद्युत समूह ३०.४४, माइक्रोफाइनान्स ६६.३६, व्यापार समूह ८.७० अंक अन्य समूह २.३३ अंक बढेको छ ।
आज कारोबार रकम पनि केही बढोत्तरी देखिएको छ । अघिल्लो दिन १० अर्ब ३२ करोड बराबरको सेयर किनबेच भएको थियो । तर, आज भने ११ करोड ५२ लाख ८४ हजार रुपैयाँ बराबरको २ करोड ४१ लाख २ हजार ३५० कित्ता सेयर किनबेच भएको छ ।
आज पनि ङादी ग्रुप पावरको सर्वाधिक ४५ करोड १७ लाख रुपैयाँ बराबरको सेयर किनेबच भएको छ ।
यस्तै, समृद्धि फाइनान्सको ४१ करोड ८२ लाख ८७ हजार, जानकी फाइनान्सको ३५ करोड ४० लाख ९८ हजार र सिंगटी हाइड्रो इनर्जीको ३४ करोड ३७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
