साढे ३ अर्बको बोनस सेयर सूचीकृत, १ अर्ब ७२ करोड बराबरको हकप्रद सेयर

काठमाडौं । तीन महिनामा साढे ३ अर्ब बरारबको बोनस सेयर सूचीकृत भएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) सम्मको देशको वर्तमान स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा तीन महिनामा ३ अर्ब ४३ करोड बराबरको बोनस सूचीकृत भएको छ ।
यस्तै, १ अर्ब ७२ करोड बराबरको हकप्रद सेयर र ४७ लाख बराबरको एफपीओ गरी कुल ५ अर्ब १५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ४ अर्ब ६ करोड बराबरको हकप्रद सेयर निष्कासनका लागि अनुमति दिएको छ । यस्तै, ७० करोड बराबरको म्युचुअल फण्ड गरी कुल ४ अर्ब ७६ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।