उच्च दरमा बढ्यो ६ कम्पनीको सेयर भाउ, प्रतिकित्ता कुनको कति ? « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

उच्च दरमा बढ्यो ६ कम्पनीको सेयर भाउ, प्रतिकित्ता कुनको कति ?



काठमाडौं । दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । बिहीबार बिशाल बजार कम्पनी र विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो ।

उक्त दिन विशाल बजारको सेयर मूल्य प्रतिकित्ता ४९५ रुपैयाँ र विन नेपालको २५९.५० रुपैयाँ बढेर क्रमशः ५ हजार ४४५ रुपैयाँ र २ हजार ८५४.५० रुपैयाँ कायम भएको छ ।

यस्तै, सपोर्ट माइक्रोफाइनान्सको सेयर भाउ पनि ९.९८ प्रतिशत बढेर ३ हजार ३२७ रुपैयाँ, पाँचथर पावर कम्पनीको सेयर भाउ ८.३३ प्रतिशत बढेर ३०१.८० रुपैयाँ र एलआइसी नेपालको ८.११ प्रतिशत बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ ।

आज यी कम्पनीसहित जानकी फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक लगायतका लगानीकर्ताले कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्