सेयर बजारको ओरालो यात्रा कायमै, सुस्ताउँदै कारोबार रकम « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

सेयर बजारको ओरालो यात्रा कायमै, सुस्ताउँदै कारोबार रकम



काठमाडौं । सेयर बजारमा ओरालो यात्रा कायमै देखिएको छ । साताको दोस्रो कारोबार दिन बजार दोहोरो अंकले घटेको छ । आइतबार झन्डै ४६ अंक घटेको बजार आज पनि १२.८४ अंकले घटेको छ ।

उक्त दिन बजार परिसूचक २ हजार ६७६.१५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज फाइनान्स, उत्पादन तथा प्रशोधन, अन्य समूह, म्युचुअल फन्ड, लगानी समूहमा बढोत्तरी देखिएको छ । तर, यी बाहेकका अन्य समूहहरु राताम्य बनेका छन् ।

आज बजारसँगै कारोबार रकम पनि घटेको छ । आज ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार रुपैयाँ बराबरको १ करोड १५ लाख २३ हजार ३ कित्ता सेयर खरिदबिक्री भएको छ । आइतबार पनि ७ अर्ब ३५ करोड बढीको सेयर खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्