एक दिन पनि टिकेन सेयर बजारको हरियाली, आज फेरि दोहोरो अंकले घट्यो « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

एक दिन पनि टिकेन सेयर बजारको हरियाली, आज फेरि दोहोरो अंकले घट्यो



काठमाडौं । सेयर बजारको हरियाली एक दिन पनि टिक्न पाएन् । बुधवार एकै दिन बजार झन्डै ४६ अंकले वृद्धि भएको थियो ।

तर, साताको अन्तिम कारोबार दिन अर्थात् आज भने बजार उच्च दोहोरो अंकले घटेको छ । बिहीबार बजार ३३.४२ अंकले घटेको छ ।

उक्त दिन बजार परिसूचक २ हजार ६८२.२९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज उत्पादन तथा प्रशोन २६.५३ अंक र म्युचुअल फन्ड झिनो वृद्धि भएको छ । यी बाहेकका अन्य समूहहरु राताम्य बनेका छन्।

बजार घटेपनि आज कारोबार रकममा भने केही सुधार देखिन्छ। आज ६ अर्ब १४ करोड ४० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।


प्रतिक्रिया दिनुहोस्