झिनो अंकले बढ्यो सेयर बजार, ४ अर्बमाथिको कारोबार

काठमाडौं । मंगलबार सेयर बजार झिनो अंकले बढेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक २.९५ अंकले बढेर २६३३.८७ बिन्दुमा पुगेको छ ।
३१८ कम्पनीको ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३४ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
आज ११७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
सबैभन्दा धेरै कारोबार जानकी फाइनान्स कम्पनीको भएको छ । जानकीको २२ करोड २४ लाख रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
यस्तै, नेपाल फाइनान्सको १५ करोड ८ लाख रुपैयाँ, रिभर फल्स पावरको १२ करोड ४५ लाख रुपैयाँ, बेस्ट फाइनान्सको १० करोड ४ लाख रुपैयाँ, डोटी पावर कम्पनीको ९ करोड ५७ लाख रुपैयाँ बढीको करोबार भएको छ ।
नेप्सेका आज सर्पोट माइक्रोफाइनान्समा सकारात्मक सर्किट लागेको छ ।
आज नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये ८ वटा उपसमूह बढेका छन्, भने बाँकी ५ सूचक घटेका छन् ।