सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो



काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । साताको चौंथो कारोबार दिन बजार ५.६० अंकले घटेको हो ।

उक्त दिन बजार परिसूचक २ हजार ६२८.२६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । मंगलबार भने बजार सामान्य (२.९५ अंक) वृद्धि भएको थियो ।

उक्त दिन फाइनान्स समूह ३३. ८६ अंक, माइक्रोफाइनान्स ४.३८ र व्यापार समूह २४.१७ अंक वृद्धि भएको छ । यो बाहेकका अन्य समूह राताम्य बनेका छन् ।

बजारसँगै कारोबार रकममा पनि घटेको छ । आज कुल ४ अर्ब २७ करोड ८२ लाख रुपैयाँ बरारबको ८१ लाख ४७ हजार ३२० कित्ता सेयर खरिदबिक्री भएको छ ।


प्रतिक्रिया दिनुहोस्