नेप्सेमा ९ लाख बढी कित्ता सेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आशा लघुवित्तको सेयर सूचीकृत भएको छ। नेप्सेमा संस्थाको ९ लाख १४ हजार ३०२ कित्ता सेयर सूचीकृत भएको हो ।
संस्थाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही सेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त सेयर आइतबारदेखि कारोबारमा आउनेछ ।