थप एक कम्पनीको १५ प्रतिशत बोनस सेयर सूचीकृत « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

थप एक कम्पनीको १५ प्रतिशत बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माउनटेन इनर्जी नेपालको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा कम्पनीको १५ प्रतिशत बापतको बोनस सेयर बिहीबार सूचीकृत भएको हो । कम्पनीको ३३ लाख ९४ हजार ८४६ दशमलव ५८ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्