लुम्बिनी विकास बैंकको साढे १० लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । लुम्बिनी विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंकको साढे १० लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
आइतबार बैंकले ३ प्रतिशत बापतको १० लाख ५५ हजार ४४०.२४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत गराएको छ । अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।