थप एक कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत « Arthapath.com
१७ असार २०८२, मंगलबार

थप एक कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । युनाईटेड इदी मर्दी आरवि हाइड्रोपावर कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

कम्पनीको ४ प्रतिशत बापतको बोनस सेयर मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।

कम्पनीको १ लाख ७७ हजार २४० कित्ता बोनस सेयर सूचीकृत भएको छ । अब उक्त बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्