तारागाउँ रिजेन्सी होटल्सको लाभांश सेयरधनीको खातामा जम्मा « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

तारागाउँ रिजेन्सी होटल्सको लाभांश सेयरधनीको खातामा जम्मा



काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले आफ्ना सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश खातामा पठाएको छ । होटल्सले पुस ६ गतेसम्म हितग्राही खातामा बैंक खाता अपडेट गरेका सेयरधनीको नगद लाभांश जम्मा गरेको हो ।

यता, तारागाउँले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई तुरुन्त अपडेट गर्न पनि आग्रह गरेको छ । त्यसपछि मात्र खातामा नगद लाभांश आउनेछ । होटल्सको पुस २४ गते सम्पन्न सभाले गत वर्षको नाफाबाट ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्