छुट्ला है दुई इन्स्योरेन्स कम्पनीको लाभांश, सुरक्षित गर्ने आज अन्तिम दिन « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

छुट्ला है दुई इन्स्योरेन्स कम्पनीको लाभांश, सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । आज दुई वटा इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । नेशनल लाइफ र एनएलजी इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन छ ।

यी दुई कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात जेठ २२ गते बुकक्लोज गर्दैछ ।
सोही अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेशनल लाइफले यो वर्ष आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गर्न कम्पनीले असार ५ गते ३७ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

यता, एनएलजी इन्स्योरेन्सले पनि हाल कायम चुक्ता पूँजीको २.५० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.१३१५७९ प्रतिशतका दरले नगद लाभांश दिने भएको छ । सो प्रस्ताव पारित गर्न जेठ २९ गते १९ औँ वार्षिक साधारण सभा बोलाएको छ ।


प्रतिक्रिया दिनुहोस्