व्याजदर घट्यो भने सेयरको प्राइस बढ्छ « Arthapath.com
२१ श्रावण २०७६, मंगलवार

व्याजदर घट्यो भने सेयरको प्राइस बढ्छ



शुमन शर्मा, सीईओ, माछापुच्छ्रे बैंक लि.

नेपालको बैंकिङ क्षेत्रमा उदाउँदा नक्षेत्र हुन शुमन शर्मा । अध्यायन गरेर बोल्ने शुमन कुनैपनि विषयमा गहिरो जानकारी राख्छन । माछापुच्छ्रे बैंकको डेपुटी सिईओ छोडेर ग्लोवल आईएमई बैंकमा सिईओ बन्न गएका शुमन ८ महिनामै माछापुच्छ्रे बैंकले सिईओ दियो र फर्किए । प्राय ः बैंकिङमा धेरै ठाउमा नठुल्ने शुमन ग्लोवल आईएमईमा भने छोटो समयमात्र काम गरे । नेपाल एसबिआई बैंकबाट बैंकिङ सुरु गरेका शुमनले त्यहा ७ वर्ष विताए । एनएमबी बैंकमा १० वर्ष काम गरेर छोड्ने बेलामा एजिएम थिए । उनि माछापुच्छ्रे बेंकको डिजिएम र डेपुटी सिईओ भएर ३ वर्ष काम गरेर फेरी ग्लोवल आईएमई बैंक गए । तत्कालिन अवस्थामा माछापुच्छ्रे बैंकले सिईओ नदिएपछि उनि ग्लोवल गएका थिए । पछि माछापुच्छ्रे बैंकले सिईओ भएर काम सम्हालेको पनि १४ महिना भैसक्यो । भलाद्मी स्वभावका शुमन अध्यायनमा पनि त्यत्तिकै अव्वल छन । मौद्रिक निती र बैंकिङ बजारबारे सेयर बजारले गरेको कुराकानीको सारअंश:

अहिले तत्काल व्याजदर घट्दैन । किनकी हिजो १२, १३ प्रतिसतमा लिएका डिपोजिट अझै म्याचोड हुन बाँकी नै छ

मौद्रिक नितीले बैंकहरुलाई राम्रो सहुलियत दिँदै माग पुरा गरेको भनिएको छ । मौद्रिक निती वास्तवमै राम्रो आएको हो ?

मर्जमा केही सुविधा आएको छ त्यो बैंकर्स संघ मार्फत गएको हो । रेगुलेटरले सबै माग पुरा गर्छ जस्तो पनि मलाई लाग्दैन कतिपय देशलाई जुन दिशामा केन्द्रीय बैंकले लैजान शुझाव दिइराखेको छ, त्यो दिशाबाट पछी हट्नुहुन्छ जस्तो मलाई लाग्दैन । मौद्रीक नितीमा मर्जरलाई प्रोत्साहन गर्ने, स्प्रेडमा १ प्रतिसत बढी मर्ज गर्नेलाई सुविधा दिइएको छ । अर्को साखा खोल्न स्वीकृती लिनु नपर्ने भनिएको छ । संचालक र सिईओलाई कुलिङ पिरिएड नलाग्ने भनिएको छ । प्रोडक्टिभ सेक्टरको लगानी पुगेको छैन भने त्यसमा पनि २०७८ सम्म रिल्याक्सेसन दिने भन्ने पनि छ । अर्को डिभेन्चरबाट जारी गर्न पनि २०७८ असारसम्म टाईम दिइएको छ । यसरी हेर्दा पोत्साहित नै गरेको देखिन्छ । अहिले कर्जाको डिमाण्ड बढी र डिपोजिटको डिमाण्ड हाई छ । मर्ज गर्दा अहिले पनि बैंकहरुको सय प्लस साखाहरु छन । ठुला बेंकसँग मर्ज गर्दा ३ सय साखा पुग्छ । ३ सय साखा पुगेपनि अरु थप साखा खोल्न सहज हुनुले कुनै अर्थ राख्दैन । प्रोडक्टीभ सेक्टरको लगानी हाम्रो बैंकको कष्टमा सधै मिड भएको छ । केन्द्रीय बैंकको कम्पाएन्स सत प्रतिसत लागु गरेर जाने बैंक हामी हो । कुनैपनि कण्डिसनमा कम्परमाइज हुँदैन । ८ अर्वको बैंक छ अरुले हामीले भन्दा बढी प्रोफिट गरेका होलान हामी कम हौँला तर कम्प्लाएन्समा कमी हुन दिँदैनौं । सरकाले ८ दसमलव ५ को जिडिपीको ग्रोथको लक्ष्य लिएको छ । त्यो पुरा गर्नको लागी आर्थिक गतिविधि बढ्नुपर्छ त्यसको लागी कर्जाको माग पुरा गर्नुपर्छ । कृषि कर्जा दिनमिल्ने पुग्नेगरी मौद्रिक निती आएको छ । एसएलएफको रेट ६ दसमलव ५ बाट ६ मा झार्नुभएको छ । पर्सनल लोन टाइट गर्ने निती आएको छ । व्यत्तिगत भन्दा पनि व्यावसायीक लोन धेरै जाओस भन्ने ध्येय देखिन्छ । एनआरएनले २ वर्षसम्म फरेन करेन्सी ल्याउँदा सत प्रतिसतसम्म नेपाली पैसामा लोन दिन मिल्ने भनेको छ ।

काडमाडौंमा थप साखा खोलेर व्यापार बढ्छ ?

साखा धेरै हुँदैमा राम्रो हुन्छ भन्ने छैन । ठिक्क चाहिन्छ, काठमाडौंमा साखा खोल्ने चाहना होला । १ सय ४१ साखा हुँदा माछापुच्छ्रेको २५÷३० ओटा साखा काठमाडौंमा छ । यर्ओ सेम लेवलको बैंकसँग मर्ज ग¥यो भने ५०÷६० ओटा साखा काठमाडौंमा पुग्छ ।

यो नितीका कारण बैंकहरु प्रोत्साही होलान, अव बैंकहरुको संख्या घट्छ ?

एउटा बैंक त घटिसक्यो । हामी पनि मर्जरको कुरा गरिरहेका छौं । म्यानेजमेन्ट बोर्डको स्टक्चर देखी काम गर्ने तरिका पनि फरक हुन्छ । केही न केहीमा सिर्नजी खोज्नुप¥यो । कत्तिको उत्साहि हुन्छन हेरौं ।
राष्ट्र बैंकले सबै बैंकहरुलाई उनिहरुको अवस्थाको बारेमा हेरिरहेको छ हेर्नुपनि पर्छ । केही बैंकहरुलाई मर्जमा लैजानकै लागी निती ल्यइएको हो जस्तो लाग्छ ।

तपाईहरुले माग गरेको र हुनुपर्ने जस्तो लागेको केही छ ?

माग बैंकर्स संघबाट गरेका थियौं ।

ऋणपत्रको बाध्याकारी प्रावधानले समस्या पर्दैन ?

केही समस्या पर्दैन । डिभेञ्चर वण्ड बजारमा आउनु राम्रो हो । आअ फिक्स डिपोजिट खोल्नुभन्दा त्यसको रेट राम्रो छ नि । आज फिक्स डिपोजिट १० वर्षको लागी राख्छु भन्यो भने त्यो रेट पाउनुहुन्छ त ? हाम्रो बैंकको १० सदमलव २५ वण्डको रेट छ त्यो पाउन त मान्छेहरुले बुझ्नुप¥यो नि । त्यो बजारमा ट्रेडेवल हो भन्ने थाहा हुनुप¥यो । नागरीक लगानी कोष, कर्मचारी संचय कोषसँग भएको फण्ड वण्डमा लगानी गर्न सक्ने हो भने राम्रो हुन्छ ।

क्रस होल्डीङबाट मर्ज गराउने कुरा चलिरहेको छ के माछापुच्छ्रे र सानिमा बैंक मर्ज होला ?

हाम्रो बैंकको क्रस होल्डङ खासै छ जस्तो लाग्दैन । अलिअलि माइनर सेयरहरु होला । धेरै मेजर सेयर छैन । यही कारणले मर्जमा जानुपर्ने स्थीति नहोला । केही बैंकहरुको हकमा यो कुरा लागु हुन्छ होला ।

तपाँईले माछापुच्छ्रे बैंकमा सिईओ नपाएर छोड्नुभएको थियो फेरी सिईओ बनेर आउनुभयो, खास उल्लेख्य काम के के गर्नुभयो ?

सिइओनै हुनुपर्छ भन्ने थिएन । म डिसिईओ भएर काम गर्दै जाँदा सिईओ पनि इन्टेष्ट लाग्यो । सिईओसँग काम गर्दा कुनै बेला सिईओनै भएर काम गरौं भन्ने लाग्यो । म यो बैंक छोडेर जाँदा ग्लोवल आईएमई ठुलो बैंक धेरै गर्न सकिन्छ भनेर गएको थिएँ । फ्यासेलिटी पनि मेरो लागी राम्रो भएर गएको हो । पलिे ३ वर्ष काम गरिसकेको बैंकबाट अफर आयो । यो बैंकको बोर्डदेखी विजनेश स्टाफ सबै थाहा भएकोले मेरो लागी गोल्डेन अपरच्युनिटी आयो । अव त बैंकहरुमा २७ ओटा मात्र सिईओ हुन्छन । ६ महिनामै ग्लोवल आइएमई बैंक छोड्नुपर्दा दुःख पनि लाग्यो । ७ वर्ष मैले एसविआईमा काम गरेँ एनएमबीमा १० वर्ष काम गरेँ । म धेरै बैंक चाहारीरहने व्यतmी होइन । यस्तो अपरच्युनिटी आयो केही गरेर देखाउन सकिन्छ भनेर आएको हुँ । सिईओ भएर चलाउँदा राम्रो गर्न सके क्रेडिट पनि पाइन्छ ।

पछि आएका बैंकभन्दा माछापुच्छ्रेले ब्राण्ड बनाउन नसकेको जस्तो लाग्दैन ?

हाम्रो पछिल्लो समय बैंकको भिजिविलीटी राम्रो छ भन्ने लाग्छ । रेगुलेटरले राम्रो बैंक हो भनेर रिकक्जाइज गर्नुहुन्छ । हामी आफैमा राम्रो गर्ने बैंकमा पर्छन । हामीभन्दा बढी प्रोफिट गर्ने हामीसरहका बैंक पनि छन । ग्रोथ राम्रो छ पहिले समस्यामा परेको बैंक हो अरु बैंक त यस्तो समस्यामै परेनन् । आजको दिनमा केही बैैकभन्दा पछाडी छौं । बजारमा स्ट्र बैंक भन्ने पहिचान बनाएका छौं जस्तो लाग्छ । क्यापिटल चार्जको बारेमा हामी स्टाडर्ड चाटर्ड पछिको राम्रो बैंकमा पर्छौ । हामी ओभरल रुपमा राम्रो छौं । हाम्रो इन्डीभिजुअल डिपोजिट ६७ प्रतिसत छ । हामी ३३ प्रतिसत मात्रै संस्थागत निक्षेप छ ।

अहिले केही समय बजारमा तरलताको समस्या सहज भएको छ ब्याजदर कहिलेसम्म घट्ला ?

यो क्षणिक हो जस्तो लाग्छ । अहिले सरकारले खर्च आर्थिक वर्षको अन्त्यमा हुने हुनाले त्यो पैसा बजारमा आएको हो । जवसम्म आयातलाई स्थानिय उत्पानदले प्रतिस्थापन गर्न सक्दैन बजारमा समस्या आइरहन्छ । हामी चामल तरकारी सबै विदेशबाटै मगाउने अहिले पनि हामी ४ सय अर्व हाम्रो पैसा बाहिर गइरहेको छ । यसरी पैसा बाहिर जानु भनेको याहा डिपोजिट कम हुनु हो । व्यपार घाटामा छौं । यो अवस्थालाई मनिटर पोलिसीले संबोधन गर्नुपर्छ । अहिले तत्काल व्याजदर घट्दैन । किनकी हिजो १२, १३ प्रतिसतमा लिएका डिपोजिट अझै म्याचोड हुन बाँकी नै छ ।

तरलताको समस्या जहिल्यै बल्झिरहन्छ खास समस्याको समाधान के हो ?

समाधना आयात घटाउनुपर्छ । कृषिमा लगानी बढाएर यही उत्पादन बढाउनु प¥यो । जग्जाको कारोवार संस्थागत हिसावले जाओस । जग्गा बेचेर गाडी किन्ने प्रकृति कम हुनुपर्छ ।

बैंकको पुँजीकोष बढाएर मर्जरमा दवाव दिने भनिदैछ, ठुला बैंकभन्दा साना संस्था लिनु राम्रो होइन ?

पुँजीकोष बढाएर जाँदा ८ अर्वको क्यापिटलमा साँडे १३, १४ प्रतिसतको क्यापिटल एडुकेसी छ भने अर्कोको १२ प्रतिसत छ भने मर्ज ग¥यो भने १३ प्रतिसत हुने हो । खासै ठुलो फरक पर्दैन ।

ठुला बैंकको सिईओजस्तो जिम्मेवार पदनै अचेल अस्थिर देखिन्छ, सजिलै सिईओ हटाउने प्रचलन बढेको छ, यो सुशाशनको लागी कत्तिको घाटक हो ?

सिईओलाई विश्वास गरेर ल्याइसकेपछि काम गर्न दिनुपर्छ । सटेन अधिकारहरु पनि दिनुपर्छ । बैंक भनेको लङट्रम विजनेश हो तत्काल रिर्टन देखिदैन । बैंकका इण्डीकेटरहरु राम्रो हुँदैजाँदा सिईओलाई ट्रष्ट गर्दै जानुपर्छ । काम गर्ने मौका दिनुपर्छ कि त सिईओ नै राख्नुभएन । बजारबाट सबैभन्दा राम्रो मान्छे खोजेर ल्याएपछि ४ वर्ष काम गर्ने वातावरण हुनुपर्छ ।

अहिले सेयर बजार घटिरहेको छ, बैंकको सेयर निक्कै सस्तो देखिन्छ यो किन भैरहेको होला ?

अहिले सेयर सस्तो छ पव्लिकले लगानी गर्ने बेला हो जस्तो लाग्छ । तरलताको अभावको कारणले गर्दा डिपोजिटको रेट हाई भयो जुन सेयरको लागनीभन्दा राम्रो देखियो । फिक्समा राख्यो भने १० प्रतिसत छ भने यो त मार्केट मेकानिजम हो । बेंकहरुको प्रोफिट बढ्दै गयो बजारमा लिकुडिटी बढ्दै गयो व्याजदर घट्यो भने सेयरको प्राइस बढ्छ । अर्थमन्त्रीले यसो भने भनेर होइन व्याजदर घट्यो भने सेयरको प्राइस बढ्छ । व्याजदर बढ्यो भने सेयरको प्राइस हाइ हुन्छ ।

तपाई आएपनि माछापुच्छ्रेमा के के गर्नुभयो ?

मैले टिमलाई मोटिभेट गरेँ । फरोअफ मनिटरिङ राम्रो गरेँ । टेक्नोलोजीमा लगानी गर्दै गयौं । स्टाफहरुको मोटिभेसनको लेवल हाई भयो जसले गर्दा बैंकको पर्फमेन्स बढिरहेको छ ।

नयाँ प्लान केही छ ?

यो वर्ष करिव ४५ ओटा साखा खोल्यौ । यो साउनसम्ममा ४५ पग्छ । व्यक्तिगत निक्षेपमा बढि फोकस गरेर गइरहेका छौं । रिटेल एसएमइ लोनमा फोकन गरिरहेका छौं ।

-सेयर बजारबाट


प्रतिक्रिया दिनुहोस्