कता हरायो चलचित्र विकास कम्पनीको सेयर ? « Arthapath.com
२६ श्रावण २०७६, आईतवार

कता हरायो चलचित्र विकास कम्पनीको सेयर ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको नेपाल फिल्म डेभलपमेन्ट कम्पनीको सेयर कारोवार भएको होला ?
सेयर बजारमा नियमित चासो राख्ने र कारोवारमा संलग्न हुने सबैले सहजै थाहा पाएका छन्, अहँ कारोवार भएको छैन ।
लामो समयदेखि सो कम्पनीको सेयर कारोवार हुन सकेको छैन । कुनै समय सरकारी स्वामित्वको सो कम्पनी निजीकरणको नाममा गोपीकृष्ण हलका मालिक उद्धव पौडेललाई बिक्री गरियो ।

सरकारले देशभित्र चलचित्र उद्योगको विकास र विस्तारका लागि सो कम्पनी स्थापना गरेको थियो । तर पछिल्लो समय निजीकरण भएसँगै सो कम्पनीको सेयर बजारमा कुने उपस्थिती छैन ।
चलचित्र क्षेत्रका लागि सबै काम गर्ने, उपकरण तथा अन्य सामान उपलब्ध गराउने लक्ष्यका साथ उक्त कम्पनी स्थापना भएको थियो । तर लामो समयदेखि सो कम्पनीको सेयर दोस्रो बजारमा कारोवार हुन सकेको छैन ।
नेप्सेमा सो कम्पनीको ४ लाख ९१ हजार २५८ कित्ता सेयर सूचीकृत छ । सन् २०१६ जनवरी ६ मा एक सूचना प्रकाशित गरी बुक क्लोजको जानकारी गराइएपछि सो कम्पनीको कुनै पनि सूचना सार्वजनिक भएको छैन । सन् २००९ पछि एकै पटक सन् २०१६ मा सो कम्पनीको सूचना सार्वजनिक भएको थियो । प्रतिकित्ता १०० रुपैयाँ मूल्यको सो कम्पनीको सेयर कारोवार बन्द भएको अन्तिम समयमा ३४ रुपैयाँ ३५ पैसामा कारोवार भएको नेप्सेको वेवसाइटमा उल्लेख छ ।
कूल एक करोड ६८ लाख ७५ हजार ६३९ बजार पूँजीकरण भएको सो कम्पनी पछिल्लो समय करिब करिब कोेमामा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्