अर्थमन्त्रीले पहिलोपल्ट गरे पुँजी बजारबारे चिन्ता, सञ्चय कोसलाई लगानी बढाउन आग्रह « Arthapath.com
३१ भाद्र २०७६, मंगलवार

अर्थमन्त्रीले पहिलोपल्ट गरे पुँजी बजारबारे चिन्ता, सञ्चय कोसलाई लगानी बढाउन आग्रह



काठमाडौं । डा युवराज खतिवडा अर्थमन्त्री भएदेखिनै सेयर बजार घटिरहेको छ । तिनै मन्त्रीलाई बजार घटाउन सहयोग गरेको आरोप पनि बेलाबेला नआउने गरेको होइन । उनै मन्त्रीले आज एक कार्यक्रममा पुँजी बजारको विकासको लागी कर्मचारी सञ्चय कोषलाई आग्रह गरे ।
मन्त्री खतिवडाले कर्मचारी संचय कोषको ५८ औं वार्षिकउत्सवको अवसरमा पुँजी बजारमा लगानी बढाउन सबै पक्षलाई आग्रह गरे । उनले दोस्रो बजारमा लगानी गर्न नागरीक लगानी कोषलगायत अन्य वित्तिय क्षेत्रसंग आग्रह गरे । मन्त्री खतिवडाले सरकारले धेरै पहिले ल्याउनुपर्ने योगदानमा आधारित निबृतिभरण पहिल्यै ल्याउनुपर्ने बताए । पेन्सनका कारण राज्यलाई ठुलो व्यायभार थपिएको भन्दै खतिवडाले आफुले २० वर्ष अगाडीनै ल्याउन खोजेको योगदानमा आधारित नृवितीभरण आफै मन्त्रीभएपछि मात्र ल्याउन सफल भएको बताए ।
कार्यक्रममा कोषका प्रशासक तुलसीप्रसाद गौतमले कोषको कुल पुँजी ३ खर्व ४५ अर्व ६९ करोड पुगेको बताए । कोषको लगानी ३ खर्व ३८ अर्व ६ करोड रहेको छ । कोषले २० भन्दा बढी कम्पनीमा सेयर लगानी गरेको तथा १२ अर्व ५० करोड सरकारी ऋणपत्र विक्री गरी मुद्धती निक्षेपमा राखिएको र सो वापत वार्षिक ७५ करोड आन्दानी बृद्धि भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्