ठुलो समस्या भनेको इन्भेष्टर्सको कन्फिडेन्सको हो « Arthapath.com
१४ आश्विन २०७६, मंगलवार

ठुलो समस्या भनेको इन्भेष्टर्सको कन्फिडेन्सको हो




पारसमणी ढकाल, सिईओ, ग्लोवल आईएमई क्यापिटल लि.

रेगुलर लिइराखेको फिहरुमा पनि कम्प्रमाइज गरेर जाने परिस्थीति छ ।

ग्लोवल आईएमई क्यापिटलमा विगत ६ वर्षदेखी नेतृत्व गरिरहेका पारषमणी ढकाल हालै ४ वर्षका लागी पुन सिईओमा पुन नियुक्ती भएका छन । नेपालको मर्चेन्ट बैंकीङमा एक्पर्ट मानिने ढकाल कुशल व्यवस्थाप हुन । सेयर बजारको गहिरो अध्यायन गर्ने ढकाल ग्लोवल आइएमई क्यापिटलमा सुरुमा २ वर्ष जिएम र पनि ४ वर्ष सिईओ भएर चलाए । उनैले ल्याएको ग्लोवल आईएमई समुन्नत योजना अहिले घाटामा छ । १७ सय ५० अंकमा नेप्से हुँदा आएको यो फण्डले ४ वर्षमा अहिलेसम्म रिर्टन दिन सकेको छैन । १७ सय बाट बजार ११ सयमा आउँदा ग्लोवल आईएमई समुन्नत योजना हाल १० रुपैयाँबाट घटेर ८ रुपैयाँमा आएको छ । अहिले बजारमा म्युचुअल फण्डले ऋणपत्रमा लगानी नगर्नुमा दशैपछि आउने म्युचुअलफण्ड अझै राम्रो मुल्यामा पाउन सकिने बताउँछन । उनै ढकालसँग गरेको कुराकानीको सारसंक्षेप ः–


पछिल्लो समय मर्चेन्ट बेंकरको व्यावसाय घट्दो रहेछ, कम्पिटीसन बढ्यो यस्तोमा कसरी टिक्न सकिन्छ ?
नयाँ कम्पनी आइसकेका छन । नयाँलाई पनि विजनेशको प्रेसर त हुँदैहोला । आजको दिनमा सबैजसो वाणिज्य बैंकको मर्चेन्ट बैंकर खुलिसकेको होला । अर्को राष्ट्र बैंकले ख वर्ग र घ वर्गकाले पनि म्युचुअल फण्डको काम गर्न पाउने भनेको छ । धितोपत्र बोर्डको नियम अनुसार त्यसको लागी सहायक कम्पनीनै हुनुपर्ने भन्ने छ । विजनेश जुन अनुपातमा बढेर जानुपर्ने हो बढेको छैन । प्रतिस्प्रर्धा त अझै बढ्छ होला ।


के कारणले विजनेशनै भएन ?
कम्पनी एक्टमा न्युनतम पुँजीभन्दा माथि आइपिओमा जानैपने र त्यै अनुसारको काम भएको देखिएको छैन । कम्पनीहरु कति छन त्यसमा पनि आइपिओमा जानसक्ने कति ? अण्डरराइटीङको रेस्योमा विजनेश नभएको होइन । सरकारले पनि अहिलेको परिस्थीतीमा कतिओटा मर्चेन्ट बैंकर चाहिने हो भन्ने अध्यायन भएको होला । नयाँ कम्पनी आएपछि उनिहरु पनि विजनेशनै गर्न आएका हुन । नयाँ कम्पनी खुल्ने वित्तिकै विजनेशको विस्वास लिन त्यति सजिलो पनि नहोला । प्रतिस्प्रर्धा हामीले जुन लेवलमा सोचेका थियौं त्यो भन्दा धेरै बढी छ ।


नेपालको बजारमा कति मर्चेन्ट बैंक चाहिने हो त ?
हामी यहाँ बसेर प्रतिस्प्रधी आउन हुँदैैन भन्नु उपयुक्त हुँदैन । नियमनकारी निकायले अध्यायननै गरेर ल्याएको होला । जुन लेवलमा विजनेश बढेको छ त्यो लेवलमा मर्चेन्ट कम्पनी नयाँ थपिएकोचाँही बढी नै हो ।


अहिले मर्चेन्ट बैंकरले अण्डरराइटिङ गर्न डराउँछन भनिन्छ नि ?
मर्चेन्ट बैंकर पनि आफुसंग भएको पुँजी अण्डरराइटिङ गरेर जाने भन्ने हो । अडिट भएको नेटवर्थको ५ गुणासम् मगर्न पाइन भनेर धितोपत्र बोर्डले तोक्देको छ । अहिले पछिल्लो समय आइपिओ हाइड्रोपावरकै आइराखेको छ । हिमाल दोलखाकै हेर्ने हो भने झण्डै ७०/७५ हजार अप्लिकेसन आएको हो । पैसा २९ करोडमात्रै उठ्यो । ७८ करोडको इस्यु थियो । बजार घटेको बेलामा आइपिओमा जुन किसिमको चार्म हुनुपर्ने हो भएको देखिएको छैन । रिक्स बेयर गर्ने सवालमा एकै ठाउँमा एक्जोज नबन्ने लगानीकर्ताको मनोविज्ञान देखिएको हो । अहिले ५ टाइम्स नभई नेटवर्थको हाफको मात्रै अण्डरराइटिङ भएको देखिन्छ । डराएको भन्दा पनि अलि कन्सेस भएको हो कि जस्तो लाग्छ ।


कतिपय बैंकको ऋणपत्र नै विकीरहेको छैन, किन म्युचुअल फण्ड र मर्चेन्ट बैंकहरुले नकिनेको ?
सबै बैंकले ऋणपत्र ल्याउने भन्ने छ । त्यो बेलामा व्याजदर कहा जान्छ । दशैंपछि बजारमा लिक्वीडिटी टाइट भएर जाने अनि व्याजदर बढ्ने भन्ने एजम्सन छ । ऋणपत्रमा अहिलेको रेट भन्दा २ महिना कुर्दा राम्रो व्याजदरमा पाइन्छ भने अहिलेनै किन लगानी गर्ने भन्ने पनि होला ? लिक्वीडिटीको आजको स्थिति हेर्दानै बजार कर्ता जान्छ भन्ने किल्यर छैन । २ महिना कुरेर बस्दा यो भन्दा माथीको रेटमा आउँन सक्छ भन्ने होला । अहिले नै किन किन्ने २ महिना पर्खौन भन्नेपनि होला । नेप्सेको स्टममा इन्ट्री गरेर अहिले २ प्रतिसतको मात्रै फक्चुयसन देखिएको छ । तर डिभेन्चरको केसमा २ प्रतिसतको मात्र फक्चुयसन होल जस्तो लाग्दैन । म्युचुअलफण्डको म्याचुरेटी पीरियड र डिभेन्चरको मा नमिलेको हो कि । जुन किसिमको लिक्वीड मार्केट अहिले देखिएको छैन । २ प्रतिसतको फक्चुयसनले समस्या हुनछ कि जस्तो लाग्छ ।


ग्लोवल आइएमई क्यापिटलले अरुको सेयर किर्ते अण्डरराइटीङ गरेर खाइदिएको रहेछ नि ?
त्यो हाम्रो संस्था भित्र भएको पनि छैन र मलाई थाहा छैन । राइट रिनाउन्सको लागी ३ ओटा स्टेप हुन्छ । हामी फोन गरेर समेत साध्छौं राइट रिनाउन्स गरेको हो होइन भनेर ।


किर्ते अण्डरराइटीङ काण्डमा कर्मचारी समेत कार्यवाही परेको चर्चा छ ?
म सिईओ छु यो संस्थाको तर मलाईनै यस्तो कुरा थाहा छैन ।


तपाईहरुको फण्ड ५ पर्ष पुग्दा पनि नाफा भन्दा पनि घाटापो खुवाउने हुनुभयो हैन ?
म्युचुअल फण्ड हामी मार्केट हाइ भएको बेलामा आउका हौं । १७ सय ५० को रेन्जमा हामीले लगानी गरेका हौं । हामी गतवर्षकोबाट डिभिडेन्ट दिन सक्छौं होला भन्ने थियो त्यसमा पनि सफल भएनौं । त्यै भएर सेकेण्ड स्कीम दर्ता नै नगरी बसेका हौं । ७ वर्षे फण्ड हो म्याच्योड हुन अझै ३ वर्ष बाँकी छ । अवको ३ वर्षमा बजारमा दिइराखेको रिर्टन दिन सक्छौं भनेर हामी त्यै किसिमले लागिराखेका छौं । हाम्रो पुरै शक्ति अहिले ग्लोवल आईएमई सम्मुनत योजनाबाट कसरी रिर्टन दिन सकिन्छ भन्नेमै लागेहो । ४ वर्ष भयो यो अवधीमा दिन नसकेकोचाँही पक्कै हो ।


म्युचुअल फण्डका लगानीकर्ता यसरी डुव्दा तपाईलाई कस्तो लाग्छ ?
हामीले फिल गरेका छौं । सबैले केही न केही रिर्टन बाँडेका छन । पहिलोवर्ष हामीनै पनि ५ प्रतिसत दिन सक्नेमा थियौं । हामीले जुन हिसावले लगानी गरेका थियौं टोटल्ली रियाक्ट देखिएको छ । बजार अहिले ११ सय ३० सम्ममा किन आयो भन्नेमा त हामीपनि बुझ्न सकेका छैनौं । अहिले हामीले गरेको अध्यायन र बजारको वे मिल्छ ।


अव बजार बढ्छ ?
बढ्नै पर्ने हो, हामीले टेक्नीकल्ली हेर्दा पनि बढ्नुपर्ने देखिन्छ । अहिले हामी किन्ने बेच्ने दुबै होल्ड गरेर बसेका छौं । बजार बढ्नुपर्छ नै भन्ने हो ।


अर्को नयाँ फण्ड कहिले ल्याउने ?
यो बाँडीसकेपछि लेराउँछौं । यो वर्ष ग्लोवल आइएमई समुन्नतको डिभिडेन्ट बाड्छौं होल अनि त्यसपछि ल्याउँछौं । यो फण्डलाई १० रुपैयाँमा ल्याएपछि नयाँ फण्ड ल्याउने भन्ने हो ।


ग्लोवल आईएमई क्यापिटलको आगामी योजना के छ ?
रेगुलर काम गरिराखेकै छौं । फाइनान्सीयल एडभाइजरीको कामको लागी लाइसेन्स लिएर बसेका छौं । अहिले भएको म्युचुअल फण्डलाई कसरी उकास्न सकिन्छ भनेर लागिरहेका छौं ।


सबै बैंकले आ–आफ्नै मर्चेन्ट बैंक खोलेका छन बव त झनै गाह्रो होला हैन ?
गह्रो त सधै छ सजिलो त छैन । नयाँ कम्पनीहरु आएका छन कम्पीटिसन बढेर गएका छन । हामीले रेगुलर लिइराखेको फिहरुमा पनि कम्प्रमाइज गरेर जाने परिस्थीति छ । यो त इण्डष्ट्री कै लागी अफ्टेरो अवस्था हो । कतिपयले फ्रिमै काम गरिराखेका छन ।


मर्चेन्ट बैंकरले बेला बेलामा लगानीको दायरा साघुरो भयो भन्ने सुनिन्छ ?
अहिलेसम्म म्युचुअल फण्ड निर्देशिकामा जे लेखिएको छ त्यै अनुसार नै जाने हो । विचमा हामीलाई धितोपत्र बोर्डले लगानी गरेन भनेर चिठी पनि काटीयो । चिठी नकाट्नेको १० रुपैयाभन्दा तल छ । जरिवाना पनि भयो उनिहरुलेनै डिभिडेन्ट पनि बाँडे । यी दूबै केसलाई व्यालेन्स कसरी गर्ने सोचिरहेका छौं । हामी नियमावली र निर्देशीकाले दिएको लगानी गरेर बसेका छौं ।


लगानीकर्ताले अहिले लगानी गर्ने बेला हो ?

हाम्रो हिसावले त यही बेला हो भनेर कुरेर बसेका हौं । इन्ट्र गर्ने बेला हो । यो भन्दा तल अव जाँदैन होला । अहिले बजारमा सबैभन्दा ठुलो समस्या भनेको इन्भेष्टर्सको कन्फिडेन्सको समस्या हो । २० प्रतिसत कमाइन्छ भने २० प्रतिसत तिर्न समस्या भएन । हिजोको बजार प्राइस अनुसार बाणिज्य बैंकको पिई १३ दसमलव ०३ छ । विकास बैंकको १३ दसमलव ६८ छ । फाइनान्स कम्पनीको १४.२३ छ । बुक भ्यालुको एभ्रेजमा मार्केट प्राइस डवल पनि छैन । यो बेला लगानीको लागी प्रेवेस गर्ने बेला नै हो जस्तो लाग्छ । अव बेंकहरुमा लगानी गर्ने पैसा पनि छैन । सरकारले पनि विगतको पाठ सिकेर टाइममा खर्च गर्ने हो भने लिक्वीडिटीको समस्या नआउला । लोनवेवल फण्ड भयो भने अझै सहज हुन्छ ।


प्रतिक्रिया दिनुहोस्