१८ सय इण्डेक्स पुगेको ४ वर्ष पुग्यो अव बजार बढ्ने बेला हो « Arthapath.com
२७ आश्विन २०७६, सोमबार

१८ सय इण्डेक्स पुगेको ४ वर्ष पुग्यो अव बजार बढ्ने बेला हो



विजयलाल श्रेष्ठ, सिईओ, सनराइज क्यापिटल लि.

सनराइज फष्टको वार्षिक रिर्टन २४ प्रतिसत प्रोजेक्सन गरेका छौं


सनराइजले पहिलोपटक म्युचुअल फण्ड ल्याएको छ, सबै विक्री हुन्छ ?
सनराइजको नाममा पहिले म्युचुअल फण्ड ल्याएको हो । हामीले सबैभनदा पहिले २०५० सालमा १० करोडको क्लोज म्युचुअल फण्ड निकालेका थियौं । त्यसपछि ५९ सालमा पनि निकालेका थियौं । यो हाम्रो तेस्रो म्युचुअल फण्ड हो । विक्री हुनलाई अहिले सेयर बजार तल छ । तर हामीलाई यो पिरियडमा लगानी गर्नको लागी धेरै राम्रो हुने छ । विक्री गराउनको लागी आह्वान पत्र आएदेखिनै मिडियाहरुमा राम्रो प्रचार गरिरहेका छौं ।


पहिले एनआइडिसिले चलाएको फण्ड र अहिलेकोमा के फरक छ ?
पहिला चलाएको फण्डमा जुनबेला धितोपत्र बोर्डको ऐन नियम निर्देशिका केही पनि थिएन । एउटा निर्देशिका स्वीकृत गराएर त्यसैको आधारमा ल्याएका थियौं । त्यो बेला १० रुपैयाँ अन्तिममा ४४ रुपौयाँ ५० पैसा रिर्टन दिन सक्षम भयौं । अहिलेको म्युचुअल फण्डचाँही धितोपत्र बोर्डको ऐन नियम भित्र रहेर आएको छ । सामुहिक लगानी कोष २०६७ बमोजिम दर्ता भएको सनराइज फष्ट फण्ड धितोपत्र बोर्डको गाइडलाइन अनुसारै चलाउने छौं ।


म्युचुअल फण्डहरु धमाधम घाटामा गइरहेका छन, यस्तो अवस्थामा लगानीकर्तालाई कसरी आकर्सित गर्ने ?
म्युचुअल फण्ड घाटामा गइरहेको पछिल्लो समय निकालेका न्याब १० रुपैयाँ वा त्यो भन्दा तल देखिएको छ । अहिलेसम्मको ट्रेन हेर्दा नेप्से कुन इण्डेक्समा हुँदा फण्ड निष्केको छ त्यसलाई हेर्नुपर्छ । २०५९ सालमा फण्ड निकाल्दा त्यो बेला मार्केट धेरै लो थियो । त्यो बेला पनि हामीलाई विकाउन गह्रो भयो तर राम्रो रिर्टन दिन सफल भयो । अहिले पनि त्यस्तै लो बजार छ । यो भन्दा तल बजार आउँदै आउँदैन भन्न सकिदैन । अव बजार घट्ने भन्दा बढ्ने ट्रेनमा जानुपर्ने हो । हामीले सेयर बजारलाई १५÷२० वर्षदेखी नियालीरहेका छौं । ४ वर्ष तल र ४ वर्ष माथी जाने पुरानो ट्रेन छ । त्यै अनुसार १८ सय इण्डेक्स पुगेको ४ वर्ष पुगिसकेको छ अव बजार बढ्नुपर्ने बेला हो ।


म्युचुअल फण्डको प्रशासनिक खर्च बढी भएको भन्ने गुनासो छ नि ?
प्रशासकिन खर्च भन्नाले बढीमा २ प्रतिसत लिन पाइन्छ । डिपोजिटरीमा धितोपत्र बोर्डको नियम अनुसार प्वाइन ५ लिन पाइन्छ त्यै लिएका छौं । हाम्रो आफ्नो प्रशासनिक अखर्च पनि त्यसैमा भ्याउनुपर्ने हुन्छ । पहिलो भएकोले पुरै खर्च लिएका हौं दोस्रो तेस्रोमा केही राहात हुन्छ । २ प्रतिसत भनेको अरु देशमा पनि त्यै हाराहारीमा छ ।


के अव मर्चेन्ट बैंकहरुको व्यावसाय सुक्दै गएको हो त ?
सुक्दै गएको भए ३५ ओटा दर्ता भैसकेको छ । सुकेको भन्दा मिल्दैन ति ३५ ओटैले के हेरिकन दर्ता भएका छन त ? नयाँ आफ्नो सोच अनुसारको काम गर्ने । पुरानो राइट सेयर आईपिओ इस्यु गर्ने मात्र नभइकन सष्टेन हुन धितोपत्र बोर्डले नयाँ काम फण्ड म्यानेजमेन्ट र फण्ड एडभाइजरीको लागी लाइसन्स दिएको छ । त्यसलाई अगाडी बढाएर फण्ड म्यानेजमेन्टतिर लागिरहेका छौं ।


मर्चेन्ट बैंकहरुलाई थप कार्यक्षेत्र दिनुपर्छ भन्ने माग छ त्यो के हो ?
हामीले विगत २५ वर्ष त इस्यु ओपन म्यानेजमेन्ट र सेयर रजिष्टरको एउटै काम ग¥यौं । मर्चेन्ट बैंकर एसोसियसनले गत वर्ष लविङ गरेर थप कार्यक्षेत्र विस्तार गरीयो । त्यसमा एडभाइजरीको रुपमा भेन्चर क्यापिटल, लोन सिण्डिकेसन र भेन्चर क्यापिटल भित्र पनि कार्यक्षेत्र थप भएको छ ।
एउटा बैंकको सहायक कम्पनी भन्दा स्वत्रन्त्र रहदाँ धेरै विजनेश गर्न सकिन्थ्यो कि ?
प्हिला पनि सहायक कम्पनी थियौं । पहिले एनआइडिसी क्यापिटल मार्केट फाइनान्स कम्पनीको सहायक थियौं । अहिले बाणिज्य बैंकको सहायक कम्पनी छौं । जहाँ १ सय ११ ओटा साखा र झण्डै ११ सय प्लस कर्मचारी छन त्यसबाट हामीलाई थप फाइदा भएको छ । हाम्रो एक्पोजर पनि बैंकका सबै साखा र स्टाफहरुबाट हेल्प नै हुन्छ ।


सबै बैंकहरुको सहायक कम्पनी मर्चेन्ट बैंकहरु छन, त्यसले प्रतिस्प्रर्धा एकदमै बढेको होला नि ?
प्र्रतिस्प्रर्धा त धेरै नै छ । नयाँ आइसकेपछी उनिहरुलाई बजारमा सष्टेन हुनको लागी केही न केही काम गरेर देखाइसकेपछी बल्ल कमाउनतिर लाग्छन । प्रतिस्प्रर्धामा जाँदा एकदमै न्युन फिमा कमा गरेको हामीले पायौं । केहीले त फ्रिमा पनि काम गर्ने गरेका सुन्नमा आएको छ । हामीले नयाँ क्षेत्र फण्ड म्यानेजमेज्न्ट, जुन म्युचुअल फण्ड र अरु एड्भाइजरीमा फोकस गरिरहेका छौं ।


मर्चेन्ट बैंकको संख्या बढी भएन ?
सम्पुर्ण काम गर्नको लागी स्वीकृत प्राप्त १८ भन्दा बढी भैसकेको छ । पोर्टफोलियो मात्रै चलाउने गर्दा ३५ ओटा पुगिसकेका छन । अहिलेको लागी धेरै नै हो । बर्षमा १८ ओटा आइपिओ आउँछ कि आउँदैन । थप भएर गलत भयो त भन्दिन । धेरै कम्पनी भएपछि सबैले आ–आफ्नो रेभिन्यू र एभिन्यू खोज्छन । यसले सेयर बजारलाई माथी लैजान हेल्प नै हुन्छ ।


केही मर्चेन्ट बैंकहरुले त सित्तैमा पनि रजिष्टारको काम गरिदिन थाले रे नि ?
सुन्नमा आएको हो, आइपिओको फि पनि कताबाट मिलाएर ग¥यो भन्छन । भर्खर नयाँ आएका कम्पनीलाई मार्केटको अनुभवको लागी र पनि विजनेश लिनको लागी पनि गाह्रो हुन्छ भनेर सितैमा पनि गरेका होलान । कार्यअनुभव लिनको लागी धेरै न्युन फिमा काम गरेको देखियो ।


सनराइज क्यापिटलको पनि विजनेश त हरेक वर्ष घट्दै गएको देखिन्छ ?
विजनेश हाम्रो भोल्यूममा चाँही घट्यो । अहिले धेरै कम्पनी आएपछि बाँडियो । तर आन्दानीचाँही हरेक वर्ष बढीनै रहेको छ । गतवर्ष यो इन्डष्ट्रीकै दोस्रो होला । हरेक वर्ष कुनै न कुनै ठुलो इस्यु आएको छ । हरेक साल कमाइचाँही कम भएको छैन । बजारमै आइपिओ लगभग सकिएको छ केही इन्स्योरेन्स हाइड्रो बाहेक । तामाकोषी एचआइडिसियल, चिलिमे अन्र्तगत साञ्जेन, रसुवागडीको आईपिओ हामीले गरिरहेका छौं । पुरानो कम्पनी भएकोले ठुलो आइपिओको ट्रष्टी भएर काम गरिरहेका छौं । गत २ साल कन्टिन्यू २० प्रतिसत रिर्टन दियौं । त्यअघि ७ करोड हुँदा ४० प्रतिसत रिर्टन दिएका थियौं ।


सनराइज फष्टको विषेसता के छ ?
हामीले सय करोडको फण्ड निकालेका छौं । यसमा १५ करोड सनराइज बैंकले हाल्छ । ८५ करोड पव्लिकको लागी हो । यसमा हामीले प्रोजेक्सन गरेका छौं । पहिलो वर्ष १० प्रतिसत डिभिडेण्ट दिन सकिने र अन्तिम ९ वर्षसम्म १८ प्रतिसत दिन सकिने छ । लागतको कुल प्रतिफल पहिलो वर्ष १९ वर्षबाट सुरु गरेर अन्तिममा ९ वर्षमा २९ र दशौं वर्षमा २२ प्रतिसतसम्म डिभिडेन्ट दिन सक्छौं । सनराइज फष्ट एभ्रेज वार्षिक रिर्टन २४ प्रतिसत प्रोजेक्सन गरेका छौं । फण्ड सुपरभाइजरमा हाम्रो कम्पनीमा ५ जना हुनुहुन्छ । जसले यो फण्डलाई मनिटर सुपरभाइज्ड गर्नुहुनुहुन्छ । जसमा पुर्व गृह सचिव चण्डीप्रसाद श्रेष्ठ, पुर्व डेपुटी गर्भनर कृष्णबहादुर मानन्धर, नेपाल टेलिकमका पुर्व एमडी बुद्धी प्रसाद आचार्य, बरिष्ठ अधिवत्ता पुरनमान शाक्य र चाटर्ड एकाउन्टेन सुधिर कुमार शर्मा हुनुहुन्छ । अहिले कजारमा अरु कम्पनीले लगानी गरेको भन्दा हामी अलि भिन्न हुन्छौं नै । नेप्से इण्डेक्स जता छ न्याव पनि त्यतै दौडेको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्